काठमाण्डु, ५ फागुन– बरिष्ठ फिल्म निर्देशक रेशराज आचार्यको हृदयघातले निधन भएको छ । उपचारको क्रममा राजधानीको ओम अस्पतालमा बुधबार बेलुका आठ बजे उनले निधन भएको चलचित्र निर्देशक समाजले जनाएको छ ।
एकवर्षदेखि बिरामी रहेका आचार्यको स्वास्थ्यमा अकस्मात समस्या भएपछि ओम अस्पताल लगिएको थियो ।सन् २०४४ मा रिलिज भएको फिल्म ‘तिलहरि’बाट निर्देशन यात्रा थालेका आचार्यको अन्तिम फिल्म गोपिकृष्ण मूभिजको ‘प्रीतिको फूल’ बन्यो ।