वैशाख ३ गते नेपाल आउँदै सलमान खान

काठमाण्डु टुडे २०७८ फागुन ५ गते ११:०३ मा प्रकाशित

काठमाण्डु, ५ फागुन– बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन्। उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।

सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मालगायतका कलाकार नेपाल आउने निधो भएको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us