
काठमाण्डु, ४ फागुन– इमर्जिङ नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले आज दिउँसो आईपीओ बाढेको हो ।
सो कम्पनीले माघ २६ गतेदेखि फागुन १ गतेसम्म सर्वसाधारणको लागि आईपीओ खुल्ला गरेको थियो । सर्वसाधारणका लागि छुट्याइएको ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले सेयर पाएका हुन । आईपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको हो ।
आईपीओमा आवेदन दिएकाहरुले मेरो सेयर, एनआईसी एशिया क्यापिटलको वेबसाइट र सीडीएस एन्ड क्लियरिङबाट हेर्न सक्ने छन् ।