अभिनेत्री श्वेता खड्कालाई कोरोना
काठमाण्डु टुडे
२०७८ माघ ४ गते १४:४६ मा प्रकाशित
काठमाण्डु, ४ माघ– अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किकी अभिनेत्री श्वेतालाई कोरोना पोजेटिभ देखिएको हो ।