धादिङमा डोजरसँगै पुरिएका तीनमध्ये एकको शव भेटियो, भेटिएको शव पहिचान हुन सकेन्

काठमाण्डु टुडे २०७८ माघ १ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, १ माघ– धादिङको रुवी भ्याली गाउँपालिकाको तिप्लीङमा बाटो खन्ने क्रममा डोजरसँगै पुरिएका तीनमध्ये एकको शव भेटिएको छ ।धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालका अनुसार आज (शनिबार) एकजना बख्खु लगाएका व्यक्तिको शव भेटिएको बताएका हुन् । शव भेटिएका व्यक्तिको पहिचान भने हुन सकेको छैन ।

अन्य २ जनाको अवस्था अझै अज्ञात छ ।बेपत्ताहरुको खोजीका लागी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us