१४ हजार ५५६ जनामा कोरोना परीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७८ माघ १ गते १६:२९ मा प्रकाशित

काठमाण्डु, १ माघ– मुलुकभर थप पछिल्लो २४ घण्टामा ४ हजार ६३६ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो हिजोको भन्दा कम संक्रमित संख्या हो। हिजो एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका थिए।

सोहि अवधिमा १४ हजार ५५६ जनामा कोरोना परीक्षण गरिएको थियो। मुलुकभर २१ हजार ५ सय ८४ जना कोरोनाका सक्रिय संक्रमित छन्। यसैगरी, सोहि अवधिमा कोरोनाका कारण चारले ज्यान गुमाएका छन् । भने ३५० जना संक्रमणमुक्त भएका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us