खोटाङमा कर्मचारीलाई कोभिड भएपछि गाउँपालिकाको सेवा बन्द

काठमाण्डु टुडे २०७८ माघ १ गते १३:५४ मा प्रकाशित

खोटाङ, १ माघ –निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण पुष्टि भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकाको कामकाज बन्द गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कोभिड–१९ को संक्रमण देखिएपछि शुक्रबारदेखि गाउँपालिका अन्तर्गतका स्वास्थ्य सेवा बाहेकका सेवा २ माघसम्म बन्द गरिएको गाउँपालिका अध्यक्ष शंखरबहादुर राईले बताए ।

हाल गाउँपालिकाका अन्य कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गर्दै एन्टीजेन परीक्षण भइरहेको छ । ३ माघदेखि कर्मचारीलाई कार्यालयमा आउँदा कोभिड–१९ विरुद्ध लगाएको खोप कार्ड तथा एन्टीजेन परीक्षण गरेको रिपोर्ट अनिवार्य गरिएको छ । यस्तै, गाउँपालिका अन्तर्गतका कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले पनि साथमा खोप कार्ड अनिवार्य लिएर आउनु पर्ने गाउँपालिकाले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us