गगन र विश्वप्रकाशले भारतमाथि औंला ठड्याउँदै जारी गरे विज्ञप्ति

काठमाण्डु टुडे २०७८ पुष ३० गते २०:३८ मा प्रकाशित

काठमाण्डु, ३० पुस– सरकार नेतृत्वकर्ता नेपाली काँग्रेसले नेपाली भूमि मिचेर भारतले लिपुलेक–लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण गरिरहेको विषयमा आपत्ति जनाएको छ ।

काँग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्र्दै तत्काल सडक निर्माण रोक्न भारतसँग माग गरेको छ । विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै लिपुलेकमा सडक बनाइरहेको अभिव्यक्ति दिनु आपत्तिजनक रहेको विज्ञप्तिमा उयल्व्लेख छ । मोदीले गत १५ पुसमा आयोजित एक कार्यक्रममा भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक निर्माण भइरहेको बताएका थिए ।

उनको अभिव्यक्तिको नेपालभर विरोध भइरहेको छ । काँग्रेसले सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कुटनैतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो भन्नेमा कांग्रेस प्रष्ट रहेको उल्लेख गरिएको छ । ‘नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट छ’, विज्ञप्तिमा छ, ‘ ‘कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।’

नेपालको संसदले सर्वदलीय एकता साथ संविधान संशोधन मार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनीतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रष्ट रहेको भन्दै ंविज्ञप्तिमा भनिएको छ, ‘दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्वीकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।’

काँग्रेसले नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनीतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर र आपत्तिजनक छ रहेको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us