व्यवसायीको चरित्र हत्या गरेको भन्दै बतासको बचाउमा उत्रियो उद्योग वाणिज्य महासंघ

काठमाण्डु टुडे २०७८ पुष ३० गते १६:५६ मा प्रकाशित

काठमाण्डु, ३० पुस– नेपाल उद्योग वाणिज्य महासंघ बतास अर्गनाइजेसनको बचाउमा उत्रिएको छ । नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतासमाथि एकतर्फी प्रहार भइरहेको भन्दै महासंघले विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । मुलुकको अर्थतन्त्रमा ७० प्रतिशतभन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा भइरहेको चरित्र हत्या गरिएको महासंघको आरोप गरेको छ ।

विज्ञाप्तिमा भनिएको छ– ‘ पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याफ्टेरिया संचालनसम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

महासघले भनेको छ– ‘प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिँदैन तर त्यसको सत्यतथ्य खोजी हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत होइन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us