हरिवंशको ‘कर्कलो कोक्याउला’

काठमाण्डु टुडे २०७८ पुष २९ गते १६:४१ मा प्रकाशित

काठमाण्डु, २९ पुस–  वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।

किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।  भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us