र्‍यापर ‘लाहुरे’लाई थप १७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डु टुडे २०७८ पुष २५ गते १७:३४ मा प्रकाशित

काठमाण्डु, २५ पुस– र्‍यापर तथा टेलिभिजन रियालिटी शो हिमालयन रोडिजका निर्णायक आशिष राना मगर ‘लाहुरे’ थप १७ दिन हिरासतमा बस्नुपर्ने भएको छ।

लागुऔषध (खैरो हेरोइन) सेवन गरेको अभियोगमा पक्राउ परेका लाहुरेमाथि अनुसन्धानका लागि जिल्ला अदालत कास्कीले थप १७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

र्‍यापर लाहुरेलाई कास्की प्रहरीको टोलीले पुस १४ गते पोखराबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई खैरो हेरोइन सेवन गरेको आरोपमा पक्राउ गरेको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us