
कास्की, १५ पुस– चर्चित र्यापर आशिष राना ‘लाउरे’ पोखरामा पक्राउ परेका छन् । लागूऔषध सेवनको अभियोगमा कास्की प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख एसपी रमेश थापाका अनुसार लाउरे लागू औषध ब्राउनसुगर सेवन गरेको भेटिएको थियो । उनको साथबाट लागुऔषध भने बरामद भएको छैन । पोखराबाट लाहुरेसहित चार जना पक्राउ परेका थिए ।