
काठमाण्डु, १० पुस– बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज यो वर्षको क्रिसमसमा आफ्नो घर जान पाइनन् । इडीले उनलाई भारतभन्दा बाहिर जानका लागि अनुमति दिएको छैन ।ज्याकलिनको नाम महाठग सुकेश चन्द्रशेखरको २ सय करोड ठगी मामलामा मुछिए पछि उनी समस्यामा परेकी छन् ।
ईडीले ठगी मामलामा अनुसन्धान चलिरहेको र अभिनेत्रीले क्लिन चिट नपाएका कारण भारत बाहिर जानलाई रोक लगाइएको जनाएको छ । यो मामलामा ज्याकलिनसँगै नोरा फतेही, श्रद्धा कपुर, शिल्पा शेट्टी र हरमन बावेजा जस्ता बलिउड स्टारको नाम मुछिएको छ ।