
काठमाण्डु, १० पुस– अभिनेत्री आँचल शर्मा अब दक्षिण भारतीय साउथ फिल्ममा पनि देखिने भएकी छन । उनी तेलुगू फिल्म ‘हिटम्यान’ मा उनी देखिने भएकी हुन् । ‘हिटम्यान’ मा आफ्नो अभिनय रहेको आँचलले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएकी हुन् ।
केही दिन अगाडि सो फिल्मको पोखरा र काठमाडौमा छायाङ्कन भएको उक्त फिल्ममा आँचलको मुख्य भूमिका रहेको छ । सो फिल्म नेपाल र भारत दुवै देशमा रिलिज हुने फिल्मको कथा नै नेपाल र भारतसँग जोडिएको छ ।