प्रधानन्यायाधीश राणाविरुद्ध छिट्टै महाअभियोग दर्ता हुन्छः बार अध्यक्ष

काठमाण्डु टुडे २०७८ पुष ८ गते १५:०९ मा प्रकाशित

काठमाण्डु, ८ पुस– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग दर्ता हुने वातावरण बन्दै गरेको दाबी गरेका छन्। राजनीतिक दलका नेताहरुले राणाविरुद्ध महाअभियोग लगाउने संकेत गरेको उनले बताए।

बिहीवार सर्वोच्च अदालतमा नियमित विरोधको कार्यक्रम सकिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै श्रेष्ठले प्रधानन्यायाधीश राणाको बर्हिगमनका लागि बारले राखेको प्रस्तावमा राजनीतिक दलका नेताहरुको ध्यानाकर्षण भएको संकेत पाएको बताए।

‘न्यायपालिकाको गरिमा कायम राख्नको लागि, न्यायपालिका निष्पक्ष, स्वच्छ, स्वतन्त्र बनाउनको लागि सरकारदेखि लिएर प्रतिपक्ष सम्मले विशेष पहल, भूमिका निर्वाह गर्नुपर्दछ भनेर हामीले आवाज उठाउँदै आएका छौं। यसतर्फ अहिले दलका नेताज्यूहरुले ध्यान दिनुभएको हो कि भन्ने संकेत हामीले पाएका छौं,’ श्रेष्ठले भने।

प्रधानन्यायाधीश राणाले चाहेजस्तै गरी संसदमा उनको बर्हिगमनको सम्बन्धमा छिट्टै छलफल हुने र निष्कर्ष निस्कने उनको भनाइ छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us