काठमाण्डु, ८ पुस– नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि मतदान जारी रहेका बेला सभापति शेरबहादुर देउवाको नामबाट रामसरोज यादवको प्यानल जिताउन प्रतिनिधिलाई आग्रहसहितको म्यासेज आइरहेको छ ।
म्यासेजमा भनिएको छ, ‘जय नेपाल ! प्रदेश अधिवेशनमा सभापति राम सरोज यादव प्यानललाई आफ्नो अमूल्य मत दिइ विजयी बनाउनु हुन हार्दिक अनुरोध । – शेरबहादुर देउवा । तर रामसरोज भने विमलेन्द्र निधि– शेखर कोइराला समूहका सभापति उम्मेदवार छन् ।
सभापति देउवाको नाममा मतदातादाई कसले म्यासेज पठाएको खुलेको छैन । मतदाताको मोबाइलमा भने एलटी–अलर्टबाट म्यासेज आएको देखिएको छ । देउवाको नाममा मतदातालाई गरिएको म्यासेजलाई सभापतिका उम्मेदवार कृष्णा राय यादवले ‘भ्रम फैलाउने प्रयास’ भएको भनेका छन् ।