चीनको शियानमा कोरोना संक्रमण बढ्यो, लकडाउनको घोषणा

काठमाण्डु टुडे २०७८ पुष ८ गते ११:०८ मा प्रकाशित

काठमाण्डु, ८ पुस–  कोरोना भाइरस सङ्क्रमणको प्रकोप बढेपछि उत्तरी चीनको शियान सहरमा लकडाउन गरिएको छ । लकडाउन लगाइएसँगै एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न अधिकारीहरूले निर्देशन दिएका छन् । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदा शियानमा लकडाउन गरिएको बीबीसीले उल्लेख गरेको छ ।

शियान सहरमा ओमिक्रोन फैलिएकोनफैलिएको विषयमा केही उल्लेख गरिएको छैन । डिसेम्बर ९ देखि डेल्टा भेरियन्ट कोभिड संक्रमण बढ्दै गएपछि सरकारले शियान सहरमा सरकारले लकडाउन लगाएको हो । बुधबार घोषणा गरिएको प्रतिबन्धात्मक व्यवस्थामा प्रत्येक घरबाट एक जनाले दुई दिन बिराएर आवश्यक सामग्री किन्न घरबाहिर जान पाउनेछन् ।

चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति बनाएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ । आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिक्स आयोजना गर्न लागेकाले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।

शियानवासीहरू विशेष परिस्थतिमामा बाहेक तथा अधिकारीहरूबाट अनुमति नलिई सहरबाट अन्यत्र जान पाउनेछैनन्। स्थानीय समयानुसार मध्यरातदेखि यो व्यवस्था कार्यान्वयनमा आएको हो । यो प्रतिबन्धात्मक व्यवस्था कहिलेसम्म कायम रहन्छ भन्ने खुलाइएको छैन ।

शियान अवस्थित शान्शी प्रान्तमा लाखौँ मानिसको परीक्षण गरिएको छ । लामो दूरीका बस स्टेशनहरू बन्द भइसकेका छन् तथा सहरतर्फ जाने मार्गमा जाँचचौकी बनाइएको छ । शियान विमानस्थलबाट हुने धेरै उडानहरू स्थगित भएका छन् । अत्यावश्यकबाहेकका व्यापारव्यवसायहरू बन्द भएका छन् भने सरकारी कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us