दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाण्डु टुडे २०७८ पुष ७ गते १०:५५ मा प्रकाशित

k|wfgdGqL cf]nL ;+;bdf
k|ltlglw;efsf] gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejgdf d+unaf/ a;]sf] a}7sdf k|wfgdGqL s]kL zdf{ cf]nL ljlgof]hg ljw]osdflysf] 5nkmndf ;fj{hlgs dxTjsf ljifodf af]Ng’x’Fbf pkl:yt ;f+;b . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमाण्डु, ७ पुस– प्रतिनिधि सभाको बैठक आज बस्दै छ। यसअघि मंगलबार केही समय बसेर स्थगित भएको बैठक आज पुनः बस्न लागेको हो। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ।

 

आजको बैठकको सुरुमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणल ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची रहेको छ।

 

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us