
काठमाण्डु, ७ पुस– भारतमा बुधबार कोरोना भाइरसबाट ६ हजार ३ सय १७ जना संक्रमित भएका छन्।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३ सय १८ जनाको मृत्यु भएको छ। विगत २४ घण्टामा ६ हजार ९ सय ६ जना कोरोना संक्रममणबाट मुक्त भएका छन्।
भारतमा यस समय सक्रिय संक्रमितको संख्या ७८ हजार १ सय ९० रहेको छ जुन ५७५ दिनमा सबैभन्दा कम हो।