मनकामनामा केबलकार चार दिन बन्द हुने

रासस २०७८ पुष ३ गते १६:२८ मा प्रकाशित

काठमाण्डु, ३ पुष–  मनकामनामा चार दिन केबलकार बन्द हुने भएको छ।स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मत गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गर्ने भएको हो।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ।मर्मतसम्भार सकिएपछि पुस ८ गते बिहीबारबाट केबलकार सेवा नियमित सञ्चालन हुने उनले बताए।

उक्त अवधिभर केबलकार बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो। चालू आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us