
काठमाण्डु, १ पुष– नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको निर्वाचनमा महामन्त्री पदमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । गगन थापाले मतपरिणामअनुसार अत्यधिक मत ल्याएका छन् ।
खसेको कुल ४६८२ मतमध्ये थापाले ३०२३ मत पाए भने विश्व प्रकाश शर्माले १९८४ मत प्राप्त गरे । त्यस्तै, पराजित उम्मेदवारहरू प्रकाश शरण महतले १५५६, प्रदीप पौडेलले १३९३, मिनेन्द्र रिजालले ८०९ र राजाराम कार्की १०६ मत प्राप्त गरे ।