
काठमाण्डु, २९ मंसिर– अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई क्रुज शिप ड्रग मुद्धामा ठूलो राहत मिलेको छ । अदालतले आर्यनलाई एनसीबीको कार्यालयमा हरेक शुक्रबार जानुपर्ने नियम रद्द गरेको छ । तर उनले सीट दिल्लीले बोलाएको खण्डमा भने उनी उपस्थित हुनुपर्ने अदालतले आदेश दिएको छ । आर्यनले दिएको याचिका निवेदनमा बुधबार दिउँसो बम्बे हाई कोर्टले सुनुवाई गरेको थियो । आर्यनको तर्फबाट अधिवक्ता अमित देसाईले बहस गरेका थिए ।
‘हामी शुक्रबारको हाजिरीको मामलामा जमानतको शर्त ‘जे’मा संशोधनको माग गरिरहेका छौं । अहिले यहाँ केही भइरहेको छैन । उनीहरु जहिल्यै चाहन्छन्, बोलाउन सक्छन् । एनसीबीको मुम्बई ब्राञ्च पनि एसआईटीको हातमा मुद्धा पुगेपछि यो मामलामा सक्रिय देखिएको छैन’, अधिवक्ता देसाईले भनेका छन् ।
आर्यनको विषयमा अदालतले निर्णय सुनाउदै एसआईटीले बोलाएको खण्डमा ७२ घण्टाभित्र आर्यन दिल्लीको टिमसमक्ष उपस्थित हुनुपर्नेछ ।