
काठमाण्डु, २७ मंसिर– पञ्जाबकी हरनाज सन्धु मिस यूनिभर्सको उपाधि जित्ने तेस्री भारतीय युवती बनेकी छन् । भारतकी हरनाज सन्धूले मिस यूनिभर्स २०२१ को उपाधि जितेकी हुन् ।
सन् २००० मा भारतकी लारा दत्ताले उक्त उपाधि हात पारेकी थिइन्। लारा दत्ता मिस यूनिभर्स बनेको वर्ष नै हरनाज सन्धूको जन्म भएको थियो । मिस यूनिभर्स २०२० बनेकी मेक्सिकोकी आन्द्रेया मेजाले हरनाज सन्धूलाई उपाधि हस्तान्तरण गरिन्।
इजरेलमा मिस यूनिभर्सको ७०औँ संस्करण आयोजना गरिएको थियो । हरनाज सन्धू १७ वर्षको उमेरदेखि नै सुन्दरी प्रतियोगितामा सहभागी हुँदै आएकी छन्। पाराग्वे र दक्षिण अफ्रिकाका प्रतिस्पर्धीलाई पराजित गर्दै भारतको पञ्जाब निवासी हरनाज सिन्धू उत्कृष्ट ठहरिएकी हुन्।