
काठमाण्डु, २७ मंसिर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई चियापानको निम्तो दिएका छन् । महाधिवेशनको निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका पौडेलले सम्पूर्ण महाधिवेशन प्रतिनिधिका लागि चियापान कार्यक्रम राखेका हुन् ।
पौडेलको सचिवालयले मंसिर २८ गते बिहान ९ बजे लैनचौर ब्यांक्वेटमा आयोजना हुने चियापानमा सहभागी हुन महाधिवेशन प्रतिनिधिलाई निम्तो गरेको छ ।