
काठमाण्डु, २५ मंसिर– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
यसअघि महामन्त्रीको हकदार भएको बताउँदै आएका कार्कीले आज केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् । महामन्त्रीकै आकांक्षीका रुपमा आफूलाई प्रस्तावित गरेका नेता एनपी साउदले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्यका लागि उद्योगपति विनोद चौधरीको पनि उम्मेदवारी परेको छ । चौधरीले मधेसीतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए ।