
काठमाण्डु, २४ मंसिर– काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाले तल्लो तहसम्मै विभाजनको रेखा गहिरिएको बताएका छन् ।
पार्टीको १४ औं महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने– ‘वडादेखि केन्द्रसम्म आइपुग्दा सातौँ तहका प्रतिस्पर्धामा हामी प्रवेश गर्दैछौँ ,’ ‘हरेक तहको प्रतिस्पर्धा निकै कडा भएको छ । हाम्रो प्रतिस्पर्धाबाट विभाजित हाम्रो मानसिकता गहिरिएको छ । त्यसलाई पुरेर फेरि महाधिवेशनपछि पछि आन्तरिक एकता कसरी गर्ने भन्ने हाम्रो सामु चुनौती छ ।’