ओलीले भाषण गर्न थालेपछि प्रचण्ड र नेपाल पहिले नै उठेर हिँडे

काठमाण्डु टुडे २०७८ मंसिर २४ गते १७:१६ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर– एमाले अध्यक्ष केपी ओलीले सम्बोधन नसक्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मञ्च छाडेका छन् ।
ओलीसँग प्रचण्ड र माधव नेपालको राम्रो सम्बन्ध रहेको छैन भने उनीहरु लामो समयपछि एकै मञ्चमा काँग्रेसको महाधिवेशनका क्रममा देखिएका थिए ।

ओली महाधिवेशनको उद्घाटन सुरु भएपछि केही ढिला गरी आएका थिए । तर, उनी प्रचण्ड र नेपाल लहरैको सोफामा बसेनन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवाभन्दा पल्लोपट्टि गए, जहाँ नेता रामचन्द्र पौडेल बसेका थिए । पौडेल सोफाबाट उठेपछि ओली बसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us