क्याटरीना र विक्की कौशलले गरे बिहे

काठमाण्डु टुडे २०७८ मंसिर २४ गते १०:३३ मा प्रकाशित

काठमाण्डु, २४ मंसिर–  बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफले बिहे गरेका छन् । यो जोडीले भारतको माधोपुरको सिक्स सेन्स पोर्ट बर्वारामा बिहीबार बिहे गरेका हुन् ।

भारतीय मिडियामा प्रसारित समाचार अनुसार यी दुईले बिहीवार स्थानीय समयअनुसार साँझ ५ बजे बिहे गरेका हुन् । यी दुवैले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बिहेका केही तस्वीर सार्वजनिक गरेर आफ्ना फ्यानलाई बिहेबारे जानकारी दिँदै खुशी व्यक्त गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us