म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छः सिटौला

काठमाण्डु टुडे २०७८ मंसिर २३ गते १७:०७ मा प्रकाशित

काठमाण्डु, २३ मंसिर– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफू जहाँ रह्यो त्यहीँ कांग्रेस रहने बताएका छन्। यो कुरा आफूले अहंकार गर्दै नभनेको उनको दाबी थियो।

काठमाडौंमा आज आयोजित आफूनिकट नेता तथा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सिटौलाले भने– ‘म जहाँ छु त्यहीँ रहनेछ कांग्रेस। मैले अहंकार गरेको होइन, म जहाँ रहन्छु त्यहीबाट कांग्रेसको सम्पूर्ण एकता प्रारम्भ हुन्छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us