कांग्रेस केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बोलाइयो

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १७:५१ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । विहीबार ११ बजेका लागि बैठक बोलाइएको हो । १४ औँ महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको अन्तिम बैठक बस्न लागेको हो ।

विहीबारको बैठकले महाधिवेशनबारे आवश्यक निर्णय लिने जनाइएको छ। १४ औँ महाधिवेशन शुक्रबार उद्घाटन हुनेछ भने २५ गते उम्मेदवारी दर्ता र २६ गते मतदान हुनेछ ।

महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुनेदेखिएको छ। यी दुई समूहले वडादेखि नै प्यालन बनाएर अधिवेशनमा उम्मेदवारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us