रावल भन्छन्– म अर्थमा मैले जितेको छु, हारेको छैन

‘हाम्रो पार्टीको विधि पद्धति र प्रणाली रक्षाको आवाज उठाएको थिएँ’

काठमाण्डु टुडे २०७८ मंसिर २२ गते १७:२८ मा प्रकाशित

काठमाण्डु, २२ मंसिर– नेकपा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार दिएर पराजित भएका भीम बहादुर रावलले आफूले पार्टीको विधि पद्धति र प्रणाली रक्षाको आवाज उठाएको बताएका छन् । बुधबार साँफेबगरमा आयोजित एक कार्यक्रममा उनले महाधिवेशनमा देशभक्तिको झण्डा उठाएको बताएका हुन् ।

अर्को प्रसंगमा रावलले निर्वाचनमा उठेपछि जितहार स्वभाविक हुने बताए। ‘महाधिवेशनमा मैले देशभक्तिको झन्डा उठाएको थिएँ। हाम्रो पार्टीको विधि पद्धति र प्रणाली रक्षाको आवाज उठाएको थिएँ। म अर्थमा मैले जितेको छु। हारेको छैन’, उनले भने।

लागि पद ठूलो विषय नभएको भन्दै उनले भने, ‘चितवनको मञ्चमा बसिरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीज्यूले मलाई भन्नुभएको थियो( तपाईं उपाध्यक्ष भइदिनुस् कृपया।‘ निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाममा भने रावल पराजित भएको उल्लेख छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us