महामन्त्रीमा पराजय रेखा भन्छिन्– आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भरखरै सकिएको अधिवेशनमा महिला महामन्त्रीका उम्मेदवार दिएकी रेखा थापाले अस्थिर मान्छे राजनीतिमा सफल नहुने बताएकी छन् ।

सामाजिक सञ्जालमा एक हँसिलो तस्बिर पोष्ट गर्दै उनले लेखेकी ‘आफैंले आफैंलाई नियाल्न पाउनु पनि एउटा अवसर नै हो ।’ रेखाको यो पोष्टमा थुप्रैले सामाजिक प्रयोगकर्ता (युजर्स) ले कमेन्ट गरेका छन् । तीमध्ये धेरैले उनलाई फिल्म क्षेत्रमै रमाउन सुझाव दिएका छन् भने केहीले उनको अस्थिर चरित्रका कारण राजनीतिमा असफल भएको धारणा राखेका छन् ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us