कांग्रेस बागमती– सभापतिमा देउवा पक्षका ईन्द्रबहादुर बानियाँ निर्वाचित

काठमाण्डु टुडे २०७८ मंसिर २० गते १०:२८ मा प्रकाशित

काठमाण्डु, २० मंसिर– नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा ईन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् ।

दोस्रो चरणको निर्वाचनमा जगदीश्वरनरसिंह केसीलाई १५८ मत अन्तरले हराउँदै सभापति शेरबहादुर देउवानिकट बानियाँ प्रदेश सभापतिमा निर्वाचित भएका हुन्।
केसी वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट हुन्।

कुल २१ सय ५१ मतमध्ये २०२५ मत खसेको थियो। जसमा बानियाँले १०८५ मत पाउँदा केसीले ९२७ पाएका थिए।
शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us