दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु

रासस २०७८ मंसिर १९ गते १३:४२ मा प्रकाशित

दाङ, १९ मंसिर–  दाङमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लमही नगरपालिका-७ बनघुस्री निवासी ५५ वर्षीय रामचरण चौधरीको मृत्यु भएको हो।

घाइते चौधरीलाई लमही अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

चौधरीलाई  बनगैं जङ्‍गलनजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ ख १७७७ नम्बरको बसले आज बिहान करिब सवा ६ बजे ठक्कर दिएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ।

बिहानै बजारमा दूध छाडेर फर्कंदै गर्दा बसले ठक्कर दिएको बताइएको छ। बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us