विवेकशील साझाको आमसभा पाण्डे समूहले गर्यो बहिष्कार

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १७:१० मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले काठमाडौंमा आयोजित पार्टी एकीकरण घोषणा सभा बहिरष्कार गरेको छ ।

पार्टीका संयोजक पाण्डेसहित संसदीय दलका नेता रमेश पौड्याल, केशव दाहाल, बागमती प्रदेश संयोजक रन्जु दर्शना, युवा सङ्गठनका महासचिव सरोज गौतम लगायतका नेताहरुले उक्त आमसभा बहिष्कार गरेका हुन् ।

एकीकरण गर्ने दुई ‘अपरिचित’ समूह पनि व्यवस्था विरोधी रहेको र राजसंस्था, हिन्दू राज्य र संघीयता खारेजीको मुद्दाको वकालतकर्ता रहेको बताउँदै त्यसले पार्टीमा विरोध बढ्दै गएको पाण्डे पक्षको आरोप छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us