थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि, पाँचको मृत्यु

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १६:५४ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– मुलुकभर थप २३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ७९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २२० र एन्टिजेन विधिबाट १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोहि अवधिमा ३९२ जना सङ्क्रमणमुक्त भएका छन्, भने नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट थप ५ जनाले ज्यान गुमाएका छन् । हालसम्म देशभर ११ हजार ५४० जनाले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us