२०४६ सालमा पञ्चायत गयो, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भमेलाको पनि कुनै अर्थ छैनः प्रचण्ड

काठमाण्डु टुडे २०७८ मंसिर १८ गते १५:५५ मा प्रकाशित

काठमाण्डु, १८ मंसिर– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा नेकपा एमालेले जुटाएको कार्यकर्तालाई पञ्चर्‍यालीको संज्ञा दिएका छन्।

शनिबार भरतपुरमा प्रेस सेन्टरको चौंथो महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भने– ‘२०४५ सालतिर ठूला– ठूला पञ्चर्‍यालीहरू निस्कन्थे, पञ्चायतबाहेक अन्त त जनता लागेकै छैनन् झैं देखाउन खोज्थे। चितवनमा भएको कुम्भमेलाले त्यसैको झल्को दिएको छ,’ उनले भने– ‘२०४६ सालमा पञ्चायत गयो, पैसा दिएर, धाकधम्की देखाएर गरिएको अहिलेको कुम्भमेलाको पनि कुनै राजनीतिक अर्थ छैन ।’

‘देशकै केन्द्र भएका कारण र विकासको नयाँ मोडल हेर्न खोज्नेहरू चितवन आउने नै भए ,’ उनले भने, ‘अर्को मुख्य कुरो प्रचण्ड चितवनमा छ। मनपर्नेले पनि चितवन रोज्छन्, नपर्नेले पनि रोज्छन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us