काठमाण्डु, १८ मंसिर– रूसले युक्रेनमाथि सैन्य आक्रमणको तयारी गरिरहेको अमेरिकी गुप्तचर संस्था सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी (सीआईए) ले दाबी गरेको छ । सीआईएका अनुसार उक्त कारबाहीमा रूसले करीब १ लाख ७५ हजार सैनिक सहभागी गराउने छ ।
बाइडेन प्रशासनसँग युक्रेनलाई नेटो गठबन्धनमा सहभागी नगराउन बाइडेन प्रशासनलाई दबाब दिइरहेका बेला अमेरिकी सैनिक अधिकारीको यस्तो भनाइ आएको हो ।
रूसले नेटो र युक्रेनलाई बदनाम गराउन खोजिरहेको अमेरीकी अधिकारीहरूले आरोप लगाएका छन् । सीआईएका अनुसार रूसले फेक मिडिया आउटलेटको प्रयोग गरेर प्रचारबाजी पनि गरिरहेको छ ।
अमेरिकाले रुसले गर्नसक्ने सम्भावित आक्रमण रोक्ने बताएको छ । यसअघि अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि आक्रमण गर्ने चुनौतीपूर्ण काम हुने बताएका थिए ।