करिश्मा मानन्धरले गरिन् १२ कक्षा पास

काठमाण्डु टुडे २०७८ मंसिर १७ गते १६:१९ मा प्रकाशित

काठमाण्डु, १७ मंसिर– अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ–असोजमा लिएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गरेको छ ।

गोदावरीस्थित किटिनी माविबाट परीक्षा दिएकी करिश्माले २.४१ जीपीए ल्याएर कक्षा १२ उत्तीर्ण गरेकी हुन् । उनले कोरोना महामारीका कारण नियमित कक्षा नभएको भन्दै नतिजाबाट आफू खुशी रहेको प्रतिक्रिया दिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us