काठमाण्डु, १६ मंसिर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एकजना मात्र अध्यक्ष हुनेछन् । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ ।
महाधिवेशनअन्तर्गत बिहीबार बन्द सत्र हुनेछ भने शुक्रबार नेतृत्व चयनको कार्यक्रम तय गरिएको छ । अध्यक्षको प्रतिस्पर्धामा देखिएका थापा र लिङ्देनले आआफ्नो टिम बनाउन सुरु गरेको छन् ।
थापाको टिममा उपाध्यक्ष तथा महामन्त्रीमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्दलगायतलाई समेट्न प्रयास भएको छ । यसै गरी लिङ्देनको टिममा जगत गौचन, दुर्गा श्रेष्ठ, श्याम तिमिल्सना, धवलशमशेर राणा, भाष्कर भद्रा, रेखा थापालगायतलाई समेट्न प्रयास भइरहेको छ ।