एमाले महाधिवेशनमा १३ करोड ७१ लाख खर्च, कुनमा कति ?

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १२:०९ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर–  एमालेको विधान महाधिवेशन र १०औँ महाधिवेशनमा १३ करोड ७१ लाखभन्दा बढी खर्च भएको छ ।

चितवनमा जारी एमालेको १०औँ महाधिवेशनमा मात्रै नौ करोड रुपैयाँ खर्च भएको छ । निर्धारित समयभन्दा दुई दिन लम्बिएको महाधिवेशनमा नौ करोड रुपैयाँ खर्चको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘दुई दिन महाधिवेशन लम्बिनी अप्रत्यासित नै भयो । यसले अलि बढी खर्च भयो । महाधिवेशन लम्बिँदा खान बस्ने एक करोड ५० लाख खर्च भयो’, महाधिवेशन स्थलमा पत्रकारसँग कुरा गर्दै तामाङले भने, ‘जम्मा सात करोड ५० लाखको बजेट बनाएका थियौँ । तर, दुईदिन लम्बिँदा सात करोड ५० लाखमा थप एक करोड ५० लाख रुपैयाँ खर्च बढ्ने सम्भावना छ । सबै बिलहरू आइसकेपछि थाहा हुन्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us