मतदान गरेपछि रावलले भने– निर्वाचन परिणाम स्वीकार्छु

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते १०:२५ मा प्रकाशित

काठमाण्डु, १४ मंसिर– नेकपा (एमाले)को अध्यक्षमा उम्मेदवारी दिनुभएका नेता डा भीम रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका छन् । चितवनमा जारी एमालेको दशौँ महाधिवेशनमा आज बिहान मतदान गरेपछि रावलले निर्वाचन परिणाम स्वीकार्ने बताएका हुन् ।

केपी शर्मा ओलीसँग अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका उनले निर्वाचन परिणाम जे आए पनि स्वीकार्ने तर केन्द्रीय सदस्यमा भने नबस्ने बताए। एमाले पदाधिकारीका उम्मेदवारलाई स्वतः केन्द्रीय कमिटीको उम्मेदवारका रुपमा राखिएको छ । रावलले आफूले अध्यक्ष पदका लागि मात्र फारम भरेको स्पष्ट पारेका छन् ।

रावलले देश, जनता र लोकतन्त्रको हितमा निरन्तर काम गरिरहने बताए । बिहान ४ बजेदेखि सुरु भएको मतदान जारी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us