सौराहमा राति सात घण्टा घेराबन्दीमा परे भीम रावल

काठमाण्डु टुडे २०७८ मंसिर १४ गते ७:४६ मा प्रकाशित

चितवन, १४ मंसिर– एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सोमबार राति ९ बजेबाट विद्युतीय भोटिङ मेशिनमार्फत हुने भनिएको मतदान निर्धारित समयभन्दा ७ घण्टापछि बिहान ४ बजेबाट सुरु भएको हो । अध्यक्षका प्रत्यासीद्वय केपी ओली र भीम रावलले सुरुमै मतदान गरेका छन् ।

 

उम्मेदवारी फिर्ताका लागि अन्तिमसम्म विभिन्न दबाब आए पनि रावल आफ्नो अडानमा कायम रहे । मतदानपछि सञ्चारकर्मीसँग रावलले आन्तरिक प्रतिस्धर्पाले पार्टीलाई कमजोर नभई बलियो बनाउने प्रतिक्रिया दिए । प्रतिनिधि चयनमा एकलौटी भएको जान्दाजान्दा पार्टी पद्दति रक्षाका लागि मतदान प्रक्रियामा गएको भन्दै उनले परिणाम स्वीकार्न आफू तयार रहेको बताए ।

ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन नेता भीम रावललाई उम्मदेवारी फिर्ता लिन नेता र कार्यकर्ताले दबाब दिएका थिए । तर, रावलले मानेनन् । सर्वसम्मतिको प्रयासमा रावल सहमत नभएपछि निर्वाचन ढिला भएको नवनिर्वाचित उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us