सुरक्षाको कारण देखाउँदै बन्दसत्रको हलबाट निकालियो प्रतिनिधिहरूलाई बाहिर

काठमाण्डु टुडे २०७८ मंसिर ११ गते १४:१० मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सुरक्षाको कारण देखाउँदै नेकपा एमालेको बन्दसत्रको हलभित्र प्रवेश गरेका महाधिवेशन प्रतिनिधिहरूलाई बाहिर निकालिएको छ ।

प्रवेश गरेका प्रतिनिधिहरूको स्क्रिनिङ नगरिएको भन्दै उनीहरूलाई बाहिर निकालिएको हो । अब सबैको अनिवार्य स्क्रिनिङ गरेर मात्र फेरि भित्र पस्न पाउने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us