राजेश हमालले किने करोड माथिको जिप कम्पास

काठमाण्डु टुडे २०७८ मंसिर १० गते १०:१५ मा प्रकाशित

काठमाण्डु, १० मंसिर–  महानायक राजेश हमालले जिप कम्पनीको नयाँ जिप कम्पास खरिद गरेका छन् । हालसालै श्रीमती मधुका साथ दुबई पुगेर आएका हमालले श्रीमती मधु भट्टराईसँगै बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको साँचो हातमा लिएका हुन् ।

नेपालमा ८४ लाख ९० हजारदेखि १ करोड ३६ लाख ९० हजार रुपैयाँसम्म पर्ने जिप उपलब्ध भएपनि हमालले किनेको गाडीको मूल्य खुलाइएको छैन ।हमालले भने ‘म खुशी छु किनभने आज मैले जिप किनें ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us