एमाले केन्द्रीय सचिवमा यामलाल कँडेलको उम्मेदवारी घोषणा

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १७:४४ मा प्रकाशित

काठमाण्डु, ९ मंसिर– नेकपा एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै एमाले कर्णाली प्रदेशका सह–संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कँडेलले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्य र जिल्ला कमिटीका अध्यक्षहरुले कर्णालीबाट एउटा पदमा दाबी गर्ने सल्लाह दिएअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us