आतंकवादविरूद्ध मोटरसाइकल र्‍याली

काठमाण्डु टुडे २०७८ मंसिर ९ गते १६:२३ मा प्रकाशित

जनकपुरधाम, ९ मंसिर– आतंकवादविरूद्ध बिहीबार जनकपुरधाममा मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको छ । राष्ट्रिय एकता अभियानको अगुवाईमा युवाहरुले मोटरसाइकल र्‍याली प्रदर्शन गरेका हुन् ।

भारतको मुम्बईमा भएको आतंकवादी हमलाको स्मरण गर्दै मोटरसाइकल र्‍याली प्रदर्शन गरिएको युवाहरुले बताएका छन् । स्थानीय रेल्बे स्टेशनबाट निकालिएको मोटरसाइकल र्‍याली भानु चोक, शिव चोक, जनक चोक हुँदै जानकी मन्दिरमा गएर टुंगिएको थियो ।

प्रदर्शन गर्ने क्रममा युवाहरुले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएको भन्दै बिभिन्न नारा लेखिएको प्लेकार्ड टाँसेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us