अहिले नै धेरै माथिमाथि चढियो भने लुँडो खेलेजस्तो एकैपटक तल खस्नु पर्छः योगेश

काठमाण्डु टुडे २०७८ मंसिर ८ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, ८ मंसिर– नेकपा एमालेका सचिव योगेश भट्टराईले आफूले पुनः सचिवकै उम्मेदवार राख्दै अहिले नै माथिमाथि गयो भने लुडो जस्तो तल खस्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भट्टराईले भने,’अहिले नै धेरै माथिमाथि चढियो भने लुँडो खेलेजस्तो एकैपटक तल खस्ने सम्भावना हुन्छ’।

आफूलाई एमालेमा राजनीति गर्न अझै १५ वर्ष उमेरको सुविधा भएको समेत बताए।

 

‘अरु प्रतिनिधि पनि आउँदै हुनुहुन्छ। उहाँहरुसँग पनि सल्लाह गर्नुपर्छ। मेरो आशय तपाईंहरुले बुझिरहनुभएको छ। लामो यात्रामा दौडिँदा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ। यसपटक चौतारीमा बस्ने हो, सचिवमा भन्ने मेरो सोचाइ छ’, उनले भने।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us