एकअर्काको प्रेममा रमाउदै नेहुप्रीत

काठमाण्डु टुडे २०७८ मंसिर ७ गते १७:४५ मा प्रकाशित

काठमाण्डु, ७ मंसिर– बलिउड गायिका नेहा कक्कड पति रोहनप्रीत सिंहसँग प्रेम सिटी पेरिसमा छिन् । केही दिन पहिले उनीहरुले तस्बिर सार्वजनिक गर्दै आफूहरु घुमघाममा पेरिस रहेको जानकारी दिएका थिए ।

अहिले फेरि यो जोडीले केही तस्बिर इस्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । तस्बिर सामाजिक संजालमा भाइरल भइरहेको छ । तस्बिरमा दुबैको रोमान्टिक अन्दाज देख्न सकिन्छ । दुबै पेरिसको आइफिल टावरको अगाडि एकअर्काको प्रेममा रमाएको देख्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us