प्रधानन्यायाधीशको राजीनामा आउने छाँटकाँट नदेखिएपछि बारले फेर्‍यो रणनीति !

काठमाण्डु टुडे २०७८ मंसिर ६ गते १३:५९ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन गरिरहेको नेपाल बार एसोसियसनले आज सभामुखसहित प्रमुख राजनीतिक दलसँग भेटघाट गर्ने भएको छ ।

सोमबार (आज) दिउँसो २ बजे बारको टोलीले सभामुख अग्निप्रसाद सापकोटासहित प्रमुख दलको नेताहरुलाई भेट्न लागेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘हामी २ बजेबाट सभामुखसहित प्रमुख राजनीतिक दलका संसदीय दलका नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । ’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us